भक्तपुर, ३ असोज ।

नेपाली कांग्रेस भक्तपुर जिल्ला समिति तथा मध्यपुर ठिमी कांग्रेस नगर समितिको आयोजनामा दीपप्रज्वलन गर्दे संविधान दिवश मनाइएको छ ।शुक्रबार साँझ ठिमी शङ्खधर चोकमा आयोजना गरिएको कार्यक्रममा भक्तपुरमा रहेका कांग्रेसका केन्द्रीय नेताहरु, सभासदहरु लगायतका नेता, कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे भक्तपुर कांग्रेसका सभापति एंव भक्तपुर क्षेत्र नं २बाट प्रतिनिधिसभामा निर्वाचित दुर्लभ थापाले कांग्रेस संविधान जोगाउने अभियानमा जुटेको बताए ।
थापाले भने ‘अब कांग्रेस निस्किएको छ, सविधानको रक्षा गर्न,मुलकको सम्वर्धन गर्न समृद्धि प्राप्त गर्न, अब काग्रेस अगाडी बढेको छ ।’ नेपाली कांग्रेसका तत्कालिन प्रधानमन्त्री शुशिल कोइरालाको नेतृत्वको सरकारले दशक अघि संविधान जारी गरेको चर्चा गर्दे थापाले भने ‘रगतका थोपाथोपाले बनेको यो संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसको हो ।’

रगतका थोपाथोपाले बनेको यो संविधान जोगाउने जिम्मेवारी पनि कांग्रेसको हो

‘सबैका समस्या समाधान गर्नसक्ने संविधान हामीसँग छ’ थापाले भने ‘कसैको उत्तर, कसैको दक्षिण, दायाँबायाँ कसैको नभएर हाम्रो हो, हाम्रो आवश्यकता हो, हामीले बनाएको संविधान ।’
भदौ २३ गते युवाहरुको आन्दोलन भएको बताउँदै त्यो आन्दोनलको क्रममा सहादत प्राप्त गर्ने युवाहरु प्रति उच्च सम्मान व्यक्त गर्दे थापाले भने ‘युवा विधार्थीले देखाएको बाटोमा हामी उनीहरुको सम्मान गर्दे अगाडी बढ्छौं ।’


आन्दोलनमा होमिने युवा विद्यार्थी र आन्दोलनका नाममा भदौ २४ गते अराजकता सृजना गर्ने, आगजनि गर्ने, नेताहरु माथी छानिछानि आक्रमण गर्ने, सरकारी, सार्वजनिक सम्पत्ति तोडफोड गर्ने र आगो लगाउनेहरुलाई छुट्याछुट्यै व्यवहार गर्न सुझाउँदै थापाले भने ‘त्यस्ता अराजक गनिविधी गर्नेहरुलाई कानूनको दायरामा ल्याउँन हामी सरकारसँग आग्रह गर्दछौं ।’
व्यक्तिगत सम्पत्ति आगो लगाउन, तोडनफोडन गर्न र चोर्न जानेहरुलाई समेत शहिद घोषणा गरेर १० लाख दिने काम हुदैंछ भने त्यो कांग्रेसका लागि मान्य नहुने चेतावनी थापाले दिए ।

 

दीपप्रज्वलन कार्यक्रम संविधान दिवस र जेनजि आन्दोलनका सहिदहरु प्रति समर्पित भएको थापाले बताए । थापाले भने ‘ दीपप्रज्वलन कार्यक्रम सविधान दिवश एवं भदौ २३को आन्लोलनको क्रममा शहादत प्राप्त गर्ने युवाहमा समर्पित छ ।’ कार्यक्रममा मध्यपुर ठिमी कांग्रेस नगर समितिका सभापति हरिदास प्रजापतीले संविधान दिवश मनाउन र दीपप्रज्वलन कार्यक्रममा सक्रिय सहभागिता जनाउने कांग्रेसजन लगायतलाई धन्यवाद दिदैं आभार व्यक्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *