भदौं ८ काठमाडौं ।
नेपाल राष्ट्र बैंकले प्रकाशीत गरेको गत आर्थिक वर्षको आर्थिक अवस्थामा  उपभोक्ता मुद्रास्फीति चार दशमलव ०६ प्रतिशत रहेको सीमामा रहेको, मूल्यवृद्धि औसम सीमा छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्याङ्कमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मूल्यवृद्धि वाञ्छित सीमाभित्र देखिए पनि गैरखाद्य वस्तुमा भन्दा दैनिक उपभोग्य खाद्य वस्तुमा मूल्य बढेको देखिएको छ ।
राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको मूल्यवृद्धि १० दशमलव ७१, घ्यू तथा तेलको आठ दशमलव ७२, दाल तथा गेडागुडीको सात दशमलव ९० र खाद्य तथा खाद्यजन्य पदार्थको दशमलव १३ प्रतिशतले बढेको छ ।  बैंकका अनुसार मरमसला उप–समूहको मूल्य सूचकाङ्क दुई दशमलव ६२ प्रतिशत र माछा तथा मासुको शून्य दशमलव ३४ प्रतिशतले घटेको देखिएको छ ।
गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मूल्यवृद्धि नौ दशमलव ३९, कपडाजन्य तथा जुत्ताचप्पलको छ दशमलव ०९मा सीमित छ । यता मदिराजन्य पेय पदार्थको पाँच दशमलव ६५, फर्निसिङ तथा घरायसी उपकरणको चार दशमलव ७८ प्रतिशत र सुर्तीजन्य पदार्थको चार दशमलव ३७ प्रतिशत रहेको तथ्याङ्क छ ।
गत आवमा खाद्य तथा पेय पदार्थ समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति छ दशमलव ४७ प्रतिशत रहेको थियो । गैर–खाद्य तथा सेवा समूहको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७१ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष उक्त समूहको मुद्रास्फीति चार दशमलव ६४ प्रतिशत रहेको थियो ।
गत आवमा काठमाडौँ उपत्यकाको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति तीन दशमलव ७७, तराईको चार दशमलव १४, पहाडको तीन दशमलव ८६ प्रतिशत र हिमालको चार दशमलव ८९ प्रतिशत रहेको छ । त्यस्तै, ग्रामीण क्षेत्रको वार्षिक औसत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ४० प्रतिशत र सहरी क्षेत्रको तीन दशमलव ९४ प्रतिशतले बढेको छ ।
प्रदेशगत रुपमा कोशी प्रदेशको वार्षिक औसत उपभोक्ता मुद्रास्फीति पाँच दशमलव ४६, मधेशको चार दशमलव १४, बागमतीको तीन दशमलव ५७, गण्डकीको तीन दशमलव ३२, लुम्बिनीको तीन दशमलव ७०, कर्णालीको तीन दशमलव ३१ र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव ०२ प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *