नीलबाराही क्षेत्र संरक्षण थालिँदै

भक्तपु, ६ भदौं।
मध्यपुरथिमि नगरपालिकाले वडा–९ स्थित नीलबाराही मन्दिर क्षेत्रको संरक्षण एवं मर्मतसम्भार मध्यपुरथिमि नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणले संयुक्त रूपमा गर्ने भएका छन्।
नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठर्ले यसबारे जानकारी दिदै मन्दिरको पूर्व र पश्चिमतर्फ भूक्षय नियन्त्रणका लागि गुरुयोजना पारित गरिएको बताए।श्रेष्ठका अनुसार रु २० करोड विनियोजन भएको बताए । तत्काल काम थालिने जानकारी पनि उनले दिए । नगरप्रमुख श्रेष्ठले भने,“आगामी दुई वर्षभित्रमा यो परियोजना सम्पन्न गर्नेछाँै।त्यसपछि नीलबाराही क्षेत्रलाई आकर्षक पर्यटकीय स्थलका रूपमा विकास हुनेछ । नीलबाराहीको ५०० रोपनीको सीमाङ्कन गर्नेछौँ।”
नगरपालिकाले उक्त परियोजनाबारे मङ्गलबार सर्वसाधारणलाई जानकारी दिँदै नक्सासहितको ‘डिजाइन’ सार्वजनिक गरेको थियो।त्यस अवसरमा नीलबाराही संरक्षणका अभियन्तासँग सहकार्य गरिने जानकारी दिइएको थियो । पहिरोको जोखिममा रहेको नीलबाराही मन्दिर क्षेत्रको संरक्षणका निम्ति स्थानीयले अभियान सञ्चालन गरेका थिए ।