शम्भु सरलाई सम्मान

सङ्लोन्यूज
काठमाडौं, ५ भदौं ।
सप्तरी कंचनपुर स्थित सर्वोदय माध्यमिक विद्यालयका पुराना विद्यार्थीहरुले वयोवृद्ध शिक्षक शम्भु प्रसाद धिमिरेको सम्मानमा एक कार्यक्रम आयोजना गरेका छन् । आज भन्दा ४१ वर्ष अघि अर्थात २०४१ सालका एसएलसि ब्याजका काठमाडौंमा उपलब्ध केही विद्यार्थीहरुले बिहिबार काठमाडौं पिंगलास्थान स्थित रुद्र केशर रेष्टुरेन्टमा आयोजित कार्यक्रममा ८० वर्षिय नेपाली शिक्षक घिमिरेको सम्मान स्वरुप माला, खादा दोसल्ला अर्पण गर्दे उपहारहरु प्रदान गरे ।
सम्मान कार्यक्रम बोल्दै घिमिरेले विद्यार्थीहरुले यसरी संझिएकोमा धन्यवाद दिदैं आफ्नो समयको शिक्षण र विद्यार्थी तथा अहिलेका शिक्षक, शिक्षण र विद्यार्थीमा निकै भिन्नता आएको चर्चा गरे ।‘हाम्रो समयमा शिक्षकहरु पनि अनुशासित थिए, प्रधानाध्यापको नियन्त्रण र निर्देशन मान्य हुन्थ्यो, विद्यार्थी पनि कडा अनुशासनमा हुन्थे ।अहिलका शिक्षक र विद्यार्थीहरुमा धेरै खुकुलोपन छ ।’
‘मैले इमान्दारीकासाथ शिक्षकको भूमिका निर्वाह गरेको छु । घण्टी लागेको ५ मीनेट भित्र कक्षामा प्रवेश गरिसक्ने गर्दथे’ घिमिरेले भने ‘ मेरो सम्पत्ति भनेका यहाँ भेला भएका विद्यार्थीहरु जस्तै ठूलो संख्याका विद्यार्थीहरु हुन् ।’
४० वर्ष बढी शिक्षण पेशा गरेका धिमिरेले २०२७ सालदेखी सर्वोदयमा आवद्ध भएको स्ममरण सुनाउँदै शिक्षण पेशाबाट आफू सन्तुष्ठ रहेको बताए ।आफ्नो समयका काबिल शिक्षक घिमिरेले केही वर्ष सप्तरीको भैरवा स्थित माध्यमिक विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समेत सम्हालेका थिए । लामो समय सर्वोदयमा शिक्षण गरेका घिमिरे कोलम मनका तर कडा स्वभावका शिक्षको रुपमा विधार्थीबीच चिनिने गर्दछन् ।
शिक्षकको सम्मानमा आयोजित कार्यक्रम ४१ वर्ष अघिदेखी यताउता छरिएका सहपाठीहरुको आपसमा पुर्नमिलनको अवसर पनि बन्यो । कार्यक्रममा अधिकांश ४१ साल र त्यस अघि र पछिल्लो ब्याचका केही विद्यार्थीको पनि सहभागिता थियो ।